महेन्द्रनगर फागुन २४ । प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं २ मा नेकपा ९एमाले० का उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । बोगटीले नेपाली काँग्रेसका उम्मेदवार तथा पार्टी जिल्ला सभापति पुष्पबहादुर शाहलाई ६७१ मतान्तरले पराजित गरेका छन् ।
खसेको सदर मत मध्येमा मतमा बोगटीले ९५१८ मत प्राप्त गरेका छन् । शाहले ९०४६ मत प्राप्त गर्नुभएको हो । यस्तै नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६४९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४५६२ र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का शेरबहादुर विकले ५५८ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाहीले १६७ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाहीले ६० मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका राजेश रावलले मतदान अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेर प्रवेश गरेपनि उनलाई ५२ मत प्राप्त भएको छ । अछाम क्षेत्र नं २ मा ३२ हजार ४०८ मत खसेको थियो ।
२०७९ को प्रतिनिधिसभा सदस्यमा बोगटीलाई छ हजार ८४० मतान्तरले शाह विजयी भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बोगटीले दुई हजार ८५९ मतले शाहलाई पराजित गर्नुभएको थियो । बोगटी र शाहको यो तेस्रो पटकको प्रतिष्पर्धा हो ।
शाह नेपाली काँग्रेस अछामको सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य छन् भने बोगटी एमालेको केन्द्रिय सदस्य छन् ।
अछाम क्षेत्र नं १ मा भने नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावललाई पराजित गरेर नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वार विजयी भएका छन्
