कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका वन सेवा तर्फका केही कर्मचारी भ्रष्टाचारमा लिप्त छन, भने केही कर्मचारी घुस काण्डमा विवादित भएका छन । एक वन अधिकृत सरकारकै लागि घाँडो बनिरहेका छन, भने अर्का वन अधिकृत जेलको यात्रामा छन । बरिष्ठ वन अधिकृत कृष्ण भटट पछिल्ला दिनहरुमा कामकाज भन्दा पनि सरकारका मन्त्रीदेखि मुख्यमन्त्रीसम्मै आरोप लगाउन उद्यत भएका छन । विगतमा वन निर्देशकको जिम्मेबारीमा रहदा सुप प्रदेशका सबै डिभिजन वन कार्यालयबाट रकम नआएको भिडियो सार्वजनिक भयो, त्यसपछि तत्तकालिन वनमन्त्रीलाई तल्लो स्तरको गालीलजैचमा उत्रिए, अनि प्रदेश सरकारले सरुवा गरेको स्थानमा गएर काम भन्दा प्रदेश सरकार बिरुद्धमै अदालत गए, हारे, अहिले आएका मुख्यमन्त्री कमल बहादुर शाहलाई वनका कर्मचारीबाट घुस मागेको आरोप लगाएका छन । बन अधिकृत भटट्ले मुख्यमन्त्री शाह बिरुद्ध समाजिक सञ्जालदेखि घुस खाएको आरोप लगाउन उत्रिए, मुख्यमन्त्री सहितका निकट व्यक्तिबाट दवाव गएपछि स्वयम स्टाटस हटाएका थिए । मुख्यमन्त्री कमल बहादुर शाहले यस्ता कर्मचारीमाथि छानबिन गरेर कार्बाही गरिने चेतावनी दिएका छन । काँग्रेस निकट कर्मचारी हुँदा काँग्रेसकै मुख्यमन्त्री कमल बहादुर शाहले सरक्षण गरेर मात्तिएको समेत आरोप लागिरहेको छ । यसैविच ७ लाख ३१ हजार घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादबलाई एक वर्ष तीन महिना कैद सजाय भएको छ। बिशेष अदालतले उनको घुससम्बन्धि मुद्दामा मंगलबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ साउनमा उनलाई पक्राउ गरेको थियो। सोही मुद्दामा प्रेमसिंह ठगुन्ना र किसुनसिंह राउदलाई एक एक वर्ष कैद सजाय भएको छ। उनीहरुलाई दामासाहीले प्रतिव्यक्ति दुई लाख ४३ हजार ६६६ रुपैयाँ जरिवाना भएको छ। यादबले ठगुन्ना र साउदसँग घुस लिएका हुन्। उनीहरुकै उजुरीमा अख्तियारले पक्राउ गरेको थियो। तर, बिेशष अदालतमा बयान गर्ने क्रममा घुस नभई लेनदेन भएको भनेर बताएपछि अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको हो। जसमा उनीहरु पनि दोषी ठहर भएका छन्। यसरी सुप प्रदेश सरकारका कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।
