रास्वपा सांसद बोहराले खोले कञ्चनपुरको झलारीमा सम्पर्क कार्यालय

Published by:

Published on:

महेन्द्रनगर फागुन २९ । कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले नागरिकसँग प्रत्यक्ष संवाद बढाउन तथा उनीहरूका समस्या र सुझाव संकलन गर्न शुक्लाफाँटा नगरपालिका–१० को झलारी बजारमा प्रतिनिधिसभा सदस्यको सचिवालय सञ्चालनमा ल्याएका छन्।

सचिवालयमार्फत स्थानीय नागरिकका गुनासा, सुझाव तथा विभिन्न समस्या नियमित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गरिने जनाइएको छ। नागरिकसँग प्रत्यक्ष संवाद, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउँदै कञ्चनपुर–२ को समग्र विकास र जनअपेक्षा पूरा गर्ने लक्ष्य राखिएको सांसद बोहराले बताएका छन्।

साथै, कञ्चनपुर–२ का स्थानीयवासीले आफ्ना समस्या, सुझाव तथा अपेक्षा सचिवालयमै उपस्थित भएर वा निस्शुल्क टेलिफोन नम्बर १८१०५०००२५० मा फोन गरेर पनि जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार