सुजित रमेश सिनाल महेन्द्रनगर फागुन ३० । भीमदत्त नगरपालिका १९ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
शनिवार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय प्रकाश रावल, सभाध्यक्ष्मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारी, विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, भीमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जग्गुराम थारु चौधरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीलगायतको उपश्थिती रहेको थियो ।
साथै, विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयमा उत्कृष्ट कार्य गरे वाफत शिक्षक शिक्षिकालाई सम्मान पनि गरीएको थियो ।उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र ट्रफीहरुले सम्मान पनि गरीएको थियो । विद्यार्थीहरुले राष्ट्रियताले ओतपोत रहेका गितमा आफनो विभिन्न साँगितिक प्रस्तुतीहरुको प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए ।कार्यक्रममा प्रमुख अतिथि रावलले यो जिल्लामा विद्यालय नमुनाको रुपमा रहन सफल भएको विगतका नतिजाले देखाएको बताए । प्रदेश सरकारले पनि विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले निरन्तर प्रयास गरिरहेको बताए ।
विद्यार्थीहरुलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा लाग्न शिक्षक शिक्षीकाको अहम भुमिका रहेको र यो विद्यालयले जिल्लामा आफुलाई बेग्लै पहिचान दिन सफल भएको बताउनु भयो । बिशिष्ट अतिथ िभीमदत्त नगरपालिकाका उपप्रमुख लेखकले
विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उनले बताइन । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्य, गीत, नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, खेलकुद तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले विद्यालयको समग्र विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

