महेन्द्रनगर चैत्र ६ । लैङगिक समानता लैङगिक हिंसा न्युनिकरण जस्ता तालिम तथा विभिन्न संघसस्थाले आयोजना गर्ने कार्यक्रममा पुरुष भन्दा महिलाको सहभागिता देखिदै आइरहेको देख्न सकिन्छ तर पछिल्लो समय कोइकाको आर्थीक सहयोग अक्सफामको प्राविधिक सहयोग निड्स नेपाल द्धारा संचालित तालिम भिन्न तरिकाले संचालनमा रहेको छ ।
सो तालिमममा सकारात्मक पुरुषत्व लैङगिक समानता तथा लैङगिक हिंसा न्युनिकरण सम्बन्धी प्रशिक्षण तालिममा पुरुषहरुको मात्र सहभागिता रहेको छ । सो तालिममा भीमदत्त नगरपालिकाका १९ वटा वडाका ३८ जना युवाहरुले सकारात्मक पुरुषत्व लैङगिक समानता तथा लैङगिक हिंसा न्युनिकरण सम्बन्धी प्रशिक्षण तालिममा सहभागिता जनाएका छन् ।
सो तालिम महेन्द्रनगरको होटल चेतनमा संचालीत रहेको छ ।उक्त कार्यक्रममा बोल्दै निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष दुर्गा देवि खरेलले लैङगिक समानता तथा लैङगिक हिंसा न्युनिकरण सम्बन्धी प्रशिक्षण तालिम महिलाहरुलाई मात्र यो तालिमले लैङगिक समानता तथा लैङगिक हिंसा न्युनिकरण गर्ने सम्धव नभएपछी पुरुषहरुलाई समेत लैङगिक समानता तथा लैङगिक हिंसा न्युनिकरण सम्बन्धी प्रशिक्षण तालिमको आयोजना गरेको बताइन् ।
लैङगिक हिंसाका घटनाहरु महिला भन्दा पनि पुरुषहरुबाट बढि हुने गरेको हुँदा यो तालिमलाई अझै प्रभावकारी बनाउन यो तालिमको आयोजना गरेको खरेलको भनाई रहेको छ ।सो तालिमका प्रशिक्षक नविन भट्टले सकारात्मक पुरुषत्व तालिममले .पुरुषहरुलाई सकारात्मक पुरुषत्व सम्बन्धी ज्ञान दिने छ भने हिंसा के हो? समुदामा कस्ता किसिमका हिंसा भइरहेका छन्?हिंसाको पहिचान तथा न्युनिकरणको लागि आगामी दिनमा सकारात्मक कदम चाल्न यो कार्यक्रमले मदत मिल्ने बताए।
महिलालाइ घरायसी बोझले अन्य आफ्नो प्रगतिका कुराहरुलाई छोप्न नसकेको हुनाले ति प्रगतिहरु समात्नको लागि पनि यो यो सकारात्मक पुरुषत्व तालिमले पुरुषहरुको माध्यमबाट महिलाहरुलाई अगाडि बढाउन सहज बताबरण जसले गर्दा महिलाहरुको आर्थीक,सामाजिक,र राजनितिक नेतृत्वमा विकासलिने यो तालिमले अपेक्षा लिएको छ ।




