रहेनन् कञ्चनपुरका २३ वर्षीय दिनेश नायक, पढ्न भनेर रुस गएका थिए, ३ बर्ष पछि आयो मुत्युको खबर

Published by:

Published on:


महेन्द्रनगर चैत्र ८ । पढ्न भनेर रुस गएका कञ्चनपुरका दिनेशको ३ बर्ष पछि मृत्युकोे खबर प्राप्त भएको छ ।

रुसको राजधानी मस्कोमा रहेको नेपाली राजदुतावासले काठमाडौँमा स्थीत परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई रुसी सेनामा कार्यरत नेपाली दिनेश नायकको मुत्यु भएको पुष्टि गर्दै मिति २०८२÷११÷२९ गते पत्राचार गरेको छ । जसमा दिनेश नायक राहदानी नम्बर,जन्म मिति,रुसी परराष्ट्र मन्त्रालयको नोट नम्बर समेत उल्लेख गरिएको छ ।

पत्रमा यस्तो लेखिएको छ ः रुसी परराष्ट्र मन्त्रालयको मिति २०२६ को नोट अनसुार तपसिल रुसी सेनामा कार्यरत नेपाली नागरिकको मृृत्यु भएको जानकारी प्राप्त भएकोले सो नोट र अन्य कागजातहरु पत्रसहित संलग्न गरी नेपाल पठाएको ब्यहोरामा उल्लेख गरिएको छ ।साथै मृतकको अन्तिम दाहसंकार गर्ने तथा मृतकका परिवारलाई बिमा तथा क्षतिपुर्तीको रकम उपलब्ध गराउने साथै मृतकका आफन्तसंग आवश्यक समन्वय गरी नेपाली राजदुतावास मस्कोमा छिटो भन्दा छिटो जानकारी गराउने पत्रमा उल्लेख गरिएको छ ।

तर छोरा नेपाल फर्किने आसमा बसेको दिनेशका आमा बुवाले भने नेपाली राजदुतावास मस्कोबाट आएको पत्रमा कुनै सत्यता नरहेको बताएका छन्। दिनेशका बुवा कर्णशिहले भने पत्र आएको कुरा पत्याउदैन म मेरो छोरा जिवित छ,।उनले भने,‘मेरो छोरो खोज्न जेनजी सरकारले मेरो परिवारलार्ई रुस जान पहल गरिदिन पर्यो,‘हामी आफै जान्छौ छोराको खोजतलास गर्छौ, ‘कहि कैदिबन्दीको जिवन बिताइ रहेको पो छ की?या मानसिक रोगको सिकार भएको छ,।‘सरकारले मेरो परिवार छोरा खोज्न रुस पठाईदिन आग्रह गर्दछु ।कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका– ९बह्रादेवका २३ वर्षीय दिनेश नायक २०८० असारको अन्तिम साता अध्यन गर्न भन्दै रुस गएका थिए ।

त्याहाँ पुगेको दुई महिनापछि उनले आफु रुसी सेनामा भर्ती भएको जानकारी दिए ।त्यसै बेला घरपरिवारले सेनामा नजान आग्रह गरेको परिवारको भनाई रहेको छ ।तालिमभर नियमित फोनमा कुरा भईरहन्थ्यो तर यो क्रक सधै चलेन २०८० मंसिर १० गते दिनेशको घरपरिवारसंग अन्तिम कुराकानी भएको दिनेशकी आमा कमला नायकले बताईन् । उनले भनिन् १५ दिनका लागि युद्धमा गएको छोरो कहिले नफर्कीने गरि गएको रहेछ ।‘युद्धबाट फर्किएपछी एक महिनाका लागि घर बिदामा आउछु भनेको थियो,नत फोन आयो न छोरा फर्कियो ।

ताजा समाचार

सम्बन्धित समाचार