सुदुरश्चिम विश्वविद्यालमा इन्जिनिरिङ अध्यनरत अछामका गोविन्द रेग्मी दुई देखि सम्पर्क विहिन, खोजिकार्यमा प्रहरी

Published by:

Published on:

महेन्द्रनगर चैत्र १२ । सुदुरपश्चिम विश्वविद्यालमा इन्जिनिरिङ संकायमा अध्यनरत विद्यार्थी दुई दिन देखि सम्पर्क विहिन रहेका छ।

अछाम साफेबगर नगरपालिका घर भइ अध्यनको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर भीमदत्त नगरपालिका १८ मा कोठामा बस्दै आईरहेका गोविन्द रेग्मी चैत्र ११ गते बुधबार बाट सम्पर्क विहिन रहेको रेग्मीको पारिवारिक स्रोतले जनाएको छ ।

रेग्मी सुदुरपश्मि विश्वविद्यालयमा इन्जिनिरिङ संंकाय आठौँ सेमेस्टमा अध्यनरत रहेको जानकारी प्राप्त भएको छ । परिवारको भनाई अनुसार सम्पर्क विहिन रेग्मीको बुधबार मात्र परिक्षा सकिएको र बुधबार बिहान ८ बजे बाट उनी सम्पर्क बिहिन रहेको तर गोविन्द संग रहेको फोनमा भने सम्पर्क गर्ने खोज्दा फोन लागिरहेको तर फोनको प्रतिउत्तर भने नआएको बताइएको छ ।

परिवारको आग्रह अनुसार जिल्ला प्रहरी कार्यालको सक्रियताका उनको फोनको लोकेशन ट्रेस गर्दा जिल्लाको दोधारा चाँदनी नगरपालिका ६ मा देखिएको पकञ्चनपुर प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरको टोली र रेग्मीका साथिभाई,आफन्तहरुले उनको खोजिकार्य जारी राखेपनि उनी भने फेला पर्ने सकेका छैनन्। प्रहरीका अनुसार बिहिबार १२ बजे सम्म एक्टीभ रहेको उनको सिमकार्र्ड १२ बजे पछि एक्कासी डिएक्टीभ रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार