महेद्रनगर चैत्र १९ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७ जना मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ । बिहिबार जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट ७ जना मानिसलाईल नियन्त्रणमा लिएको जनाएको हो ।
जिल्ला प्रशासनको गेटको अगाडि सेवाग्राहिहरुलाई हैरानी –ताना –तान)तथा यातायात ब्यावस्थापन कार्यालय तथा मालपोत कार्यालययको गेट अगाडि सेवाग्राहिहरुलाई हैरानी –ताना –तान)गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहिले बताए ।
शाहिका अनुसार जिल्ला प्रशासनको गेट अगाडिबाट पक्राउ पर्नेमा देव अनलाईन सेन्टरमा काम गर्ने सालम बोगटी सोहि अनलाईमा काम गर्ने दिल बिक,सागर घडेरी,हाम्रो अनलाई पसलमा काम गर्ने दिपेन्द्र कुमार बोहरा,त्यस्तै यातायात ब्यावस्थापन कार्यालय कञ्चनपुरको गेट अगाडिबाट शालिग्राम अनलाईन सेवामा काम गर्ने कपिल जोशि,सोहि अनलाईनमा काम गर्ने हिमान्शु चन्द,अनलाईन सेवा नखुलेको तर मालपोत अगाडिबाट कैलाश सुनार लगाएत ७ जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
