कञ्चनपुरमा महिला सशक्तिकरण र जलवायु उत्थानका लागि समन्वय बैठक सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर चैत्र २९ । महिला सशक्तिकरण र जलवायु अनुकूल समुदाय निर्माण गर्ने उद्देश्यले कञ्चनपुरमा एक महत्वपूर्ण समन्वयात्मक बैठक सम्पन्न भएको छ। “Empowering Her: Advancing Women’s Economic and Political Leadership for Climate Resilient Communities” परियोजना अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो।

वित्तीय संस्थाहरू र महिला सशक्तिकरण केन्द्रका सदस्यहरूबीच सहकार्य, समन्वय र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले “Linkage and Lobby Meeting” कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरू तथा महिला सशक्तिकरण केन्द्रका सदस्यहरूको सहभागिता रहेको थियो।

यो र यस्ता खाले समन्वय बैठकले महिलाहरूको आर्थिक पहुँच अभिवृद्धि, नेतृत्व विकास तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सहयोग गर्ने बताए ।सहभागि भिमदत्त नगरपालिका ११ कि लक्ष्मी थापाले यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भ बनाउनका साथै यो पुरुष प्रधान देशमा महिलाहरुले पनि पुरुष सरह काम गरेर हात्मनिर्भर बन्नु का साथै जिविकापार्जन गर्ने सक्ने भन्ने कुरालाई सिकाउ छ । अर्की सहभागि अन्जु चन्दले बैकहरुबाट ठगिनबाट बच्न,कृषी क्षेत्रबाट महिलाहरुलाई आत्मा निर्भर र आयस्रोतलाई बलियो बनाउन विश्वासीलो विमा ऐजेन्टबाट बालि विमा,पशु विमा जस्ता विमा गर्ने बताए।

बैठकमा महिलाहरूको आर्थिक पहुँच अभिवृद्धि, नेतृत्व विकास तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न आवश्यक रणनीतिबारे छलफल गरिएको थियो। उक्त कार्यक्रम ।निड्स नेपालको आयोजना कोईका र अक्सफा को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम २०८२ साल चैत २९ गते Hotel Chetan मा आयोजना गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा टेवा पुग्ने र स्थानीय स्तरमा जलवायु अनुकूल विकासका प्रयासहरूलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार