महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको नगरविकासको जमिनमा अवैध कब्जा तत्काल हटाउन युवा तथा विद्यार्थी संगठनहरुले खबरदारी गरेको छ । नगरविकास समितिको अवैध रूपमा कब्जा भएको जमिनलाई खाली गराउन युवा तथा विध्यार्थी संगठनले पटक पटक सम्बन्धित निकाय संग नगरविकासको जमिन अवैध कब्जालाई खालीगराउन मौखिक एवं लिखित सहमति भएपनि कार्यन्वयनमा अघि नबढेको भन्दै भुमाफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु ? लिखित व्यानर जिल्ला प्रशासन कार्यालयको गेटमा टास गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगर अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६३८ बिगाह ८ कट्टा १३ धुर जमिनलाई तत्कालीन कार्यसमितिका अध्यक्ष,सदस्यहरुबाट एकल निर्णय तथा केहि कर्मचारीको मिलेमतोमा हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो । सरकारी संस्थानहरुको सम्पत्तिलाई अवैधरुपमा कब्जा गरीरहेका समुह बिरुद्ध आवाज उठाउदै तत्काल सम्बन्धित निकायले सबै जमिन खालि गराउनु भन्दै युवा तथा बिद्यार्थी संगठन बिरोधमा उत्रिएका हुन ।
उनले पुर्र्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछानेको पालामा देशभरको सरकारी अतिक्रमित जमिन खाली गर्ने निर्णय अनुरुप जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पनि भएको निर्णय कार्यान्वयन नभएको भन्दै दवाव दिन स्थानीय र सघीय सरकारलाई प्रश्न गरेको बताए । त्यसैगरी रबि लामिछाने गृहमन्त्री भएको बेला गृहमन्त्रालयले सरकारी अतिक्रमण भएको जमिन सरकार कै स्वामित्वमा ल्याउन पत्राचार भए संगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेर सबै ठाउँको अतिक्रमण भएको जमिन तत्काल खाली गराउने निर्णय भएर केही ठाउँमा जमिन भिमदत्त नगर विकास समितिले आफ्नो स्वामित्वमा लिएको थियोे । गृहमन्त्री रमेश लेखकको गृहनगरमा भएको अतिक्रमण जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिधार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा गृहमन्त्री रमेश लेखक र नगर विकास समितिका अध्यक्ष समेत रहेका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको फोटो सहितको व्यानर टासँ गरेका छन । नगर विकास समितिको जमिनमा रहेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकमा सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन नगरे थप युवा तथा विद्यार्थी संगठनहरुले आन्दोलनको स्वरुप फेर्दै कडा रुपले प्रस्तुत हुने चेतावनि दिएका छन । दिपेन्द्र सिह ऐरले यो स्थानिय सरकारले आफ्ना पार्टीका कार्यकर्ताहरुले कब्जा गरेका संरचनाहरुमा डोजर चलाउनबाट पछि हटेको बताउदै किन नगरले मोनता साँधेको भन्दै भिमदत्त नगरपालिकालाई प्रश्न गरेका छन । यस्तै युवा तथा बिद्यार्थी संगठनका अगुवाहरुले स्थानिय सरकारले अमुख केहि ब्यबसायीहरुको हितमा नगरबासी र सरकारी जमिन अवैध संरचना खाली गर्नबाट आनाकानी गरेको खण्डमा यसको विरुद्धमा सिंगो नगरबासी र युवा तथा विद्यार्थी संगठन लाग्ने चेतावनी दिएका छन ।
जिल्लाका सरकारी अधिकारीले अतिक्रमित सरकारी जमिन हटाउने अभियान शुरुवात गरिएको बताएका छन । उनीहरुले सचेत युवा विद्यार्थीले सरोकारवालालाई दवाव सजक गराउने विषय ठिकै भएको बताएका छन । भीमदत्त नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गर्ने कार्य जारी राख्ने जनाएको छ । भीमदत्त नगरका प्रवक्ता पदम राज अवस्थीले अतिक्रमित सरकारी जमिन हटाउने अभियान निरन्तर अघि बढाउने र नरोकिएको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सार्वजनिक अतिक्रमित जमिन हटाउने काम नरोकिएको बताए । प्रजिअ सापकोटाले भीमदत्त नगरपालिका मात्रै होईन अन्य पालिकातिर पनि अतिक्रमित सरकारी जमिन खाली गराउने काम निरन्तर जारी रहेको बताए । गत ०८० चैत्र प्रशासनमा भएको निर्णय अनुरुप भीमदत्त, बेलौरी, बेलडाँडी राजमार्ग सडक क्षेत्रको बेदकोट, शुक्लाफाँटामा अतिक्रमित सरकारी जमिन केही खाली गराएको भएपनि अहिले सुस्ताएको भन्दै नागरिकले समेत पालिका सहितका सरकारी निकाय अग्रसरमा जोडदिएका छन । अहिले गृहमन्त्री कञ्चनपुरकै भएकाले अतिक्रमित सरकारी जमिन तत्कालै हटाएर सरकारको अधिनमा राखी सक्नु पर्ने आम सर्वसाधारण जनताहरुको माग रहेको छ ।