स्वर्गीय काँग्रेस नेता कलौनीको आज ४१ आ जन्म दिन जन्मदिनमा दीप प्रज्वलन

Published by:

Published on:

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका स्वर्गीय युवा नेता अच्युतराज कलौनीको स्मृतिमा जन्मदिन मनाइएको छ। भीमदत्त नगरपालिकाका नगर सभापति समेत रहेका कलौनीको सम्झनामा नेविसंघ कञ्चनपुरले दीप प्रज्वलन गरेको छ।

नेविसंघ कञ्चनपुरका पूर्व नेता रमेश ठगुन्नाका अनुसार दिवंगत नेता कलौनीको योगदानलाई स्मरण गर्दै उक्त कार्यक्रम गरिएको हो। “कलौनी नेपाली काँग्रेसका एक कर्मठ युवा नेता हुनुहुन्थ्यो। उहाँको सम्झनामा दीप प्रज्वलन गर्दै उहाँले देखाएको मार्गलाई अनुसरण गर्ने प्रण गरेका छौँ,” उनले भने।

कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका(१८ सालघारीमा मृत फेला परेका थिए। उनको निधनको कारणबारे अनुसन्धान भइरहेको छ। स्थानीय काँग्रेस कार्यकर्ताहरूले उनको योगदानको कदर गर्दै हरेक वर्ष उनको सम्झनामा विशेष कार्यक्रम गर्ने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार