नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन ।
शनिबार उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा अनिल चन्द खुला०, पुजा जोशी ९महिला० र लेखक राम चौधरी समावेशी, सचिवमा अनिल चन्ह
सचिव लक्ष्मण सिंह नेगि , कोषाध्यक्ष जयराज पनेरु चयन भएका छन् ।
सदस्यहरूमा जगदीश बहादुर भाट, राम दत्त जोशी , दिवाकर प्रताब सिंह, गणेश राज जोशी , टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रकाश पाठकले बताउनुभयो ।
अध्यक्षमा चयन भएका गणेश बहादुर सिंहले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका कार्याबाहक अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निजामती कर्मचारी, काँग्र्रेस जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
