कैलालीमा अर्धनग्न अवस्थामा पुरुषको शव फेला, हत्याको आशंका

Published by:

Published on:

धनगढी । कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो।

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए।

उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए। शवको पहिचान हुन सकेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार