कञ्चनपुरमा किन गर्दै छ सेना र प्रहरी सयुक्त गस्ती ? यस्तो छ कारण

Published by:

Published on:

फोटो नेपाली सेना
असोज २ महेन्द्रनगर । कञ्चनपुरमा नेपाल प्रहरी र नेपाली सेनाले सयुक्त गस्ती गर्ने थालेका छन् ।यहि असोज १ गते बुधबार देखि नेपाल प्रहरी र नेपाली सेनाले कञ्चनपुरमा सयुक्त गस्ती गर्ने थालेका हुन ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली तथा जिल्लामा रहेका चार वटै सुरक्षा निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी सिमा सुरक्षाबल,राष्ट्रिय अनुसन्धान,र नेपालीसेना लगाएतका चार वटा सुरक्षा निकायको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताएका छन् ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न,अपराध चोरी,हिंसा जस्ता घटना रोकथाम गर्ने भीडभाड वा संवेदनशील क्षेत्रलाई नियन्त्रण राख्न,शंकास्पद गतिविधि वा व्याक्तिलााई अनुगमन गर्ने,र समाजलाई सुरक्षाको प्रत्याभूती दिलाउन नेपाली सेना र नेपाल प्रहरी सयुक्त गस्ती गरिरहेको प्रबक्ता बोहोराले जानकारी दिए ।

जिल्लाको दक्षिणीबेल्ड मा रहेका नगरपालिकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमा सुरक्षाबलले सयुक्त गस्ती गरिरहेको र जिल्लाको सदरमुकाम क्षेत्रमा भने नेपाली सेना र नेपाल प्रहरीले सयुक्त गस्ती गरिरहेको प्रहरी प्रवक्ता बोहराले आभाष डटकमलाई बताए ।जेनजी आन्दोलनका क्रममा जिल्लामा भएका चोरी,डकैती,लुटपाट र कारागारबाट कैदी फरार रहेको घटनाले जिल्लानै आक्रान्त बनेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार