आज फूलपाती भित्र्याइँदै

Published by:

Published on:

आज बडा दसैँको सातौं दिन आज घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।

दसैंघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । योपटक पनि गोरखा दरबारबाट फूलपाती ल्याइँदै छ नेपाली सेनाले सो फूलपाती ल्याउने चलन छ ।

ताजा समाचार

सम्बन्धित समाचार