कञ्चनपुरमा यसरी मनाइयो ७४ औ अन्तराष्ट्रिय भन्सार दिवस

Published by:

Published on:

महेन्द्रनगर माघ १२ । कञ्चनपुरमा पनि ७४ औ अन्तराष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले विभिद कार्यक्रम गरि ७४ औ अन्तराष्ट्रिय भन्सार दिवस मनाएको हो ।

कार्यालयले ७४ औ अन्तराष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा आईतबार कार्यालय परिसरमा सरसफाई,कार्यालयमा रक्तदान, महेन्द्रनगरमा रहेको समाज कल्याण अन्चल बाल अनाथालयमा खाद्यान्न सहयोग र सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालको प्रमुख आथित्यतामा शुभकामना आदान–प्रदान गरि ७४ औ भन्सार दिवस मनाइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख चक्र देव भट्टले बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार