लालझाडी पुनर्वासका एमाले नेता कार्यकर्ताहरु नेकपामा प्रवेस

Published by:

Published on:

किशोर तामाङ्ग

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका र पुनर्वास नगरका नेकपा एमालेका केही नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन । एमालेले वडा, पालिका, प्रदेश र केन्द्रमा हुँदा आफुहरुका समस्या समाधान तर्फ ध्यान नदिएको बरु उल्टै हरेक निर्वाचनमा प्रयोग मात्रै गरेको भन्दै उनीहरु नेकपामा प्रवेस गरेका हुन ।

नेपाली कम्युनिष्ट पाटी(नेकपा)का नेता दीपक तिमिल्सेनाले लालझाडीबाट एमालेका लच्छु राना, प्रकास राना, अमर कुमार राना र पुनर्वासबाट केशव तामाङ्ग, दुधमान तामाङ्ग, शान्ति माया तामाङ्ग, सुनमाया तामाङ्ग, मिन ब. लामाङ, गणेश लाल तामाङ्ग, आईतमान तामाङ्ग, सोबन लाल तामाङ्ग, बत्ति तामाङ्ग, बृद्धि तामाङ्ग, प्रेम तामाङ्ग, गंगा ब. तामाङ्ग, रमेश तामाङ्ग, बृद्ध ब. तामाङ्ग, कान्छा तामाङ्ग, प्रेम कुमार तामाङ्गले नेकपा प्रवेस गरेका छन ।

उनीहरुले यस पटक नेकपाकी उम्मेदवार महिला नेतृ बीना मगरलाई जिताउनका लागि प्रवेस गरेको बताएका छन । उनीहरुलाई नेकपा क्षेत्र १की उम्मेदवार बीना मगर सहितका नेकपाका नेताहरुले स्वागत गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार