केशव थापा
कञ्चनपुर । महिला प्रतिनिधी जिताउनका लागि बेलडाँडीका एमाले, काँग्रेसका नेता कार्यकर्तादेखि महिलाहरु नेपाली कम्युनिष्ट पाटीमा प्रवेस गरेका छन । कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नेकपा उम्मेदवार बीना मगर जिताउनका लागि बेलडाँडीमा एमाले, काँग्रेसका नेता कार्यकर्ताहरुले पाटी परित्याग गर्दै नेकपा प्रवेस गरेका हुन ।
नेपाल कम्युनिष्ट पाटी केन्द्रीय सदस्य जिवनराज थापाले महिला नेतृ बीनालाई दोस्रो पटक सासदमा पु¥याउनका लागि बेलडाँडीका विभिन्न वडा, गाँउबस्तीहरुबाट काँग्रेस, एमाले सहितका अन्य पाटीबाट नेकपा प्रवेस गरेको बताए । नेकपा नेता थापाका अनुसार एमाले नेता गगन थापा, महिला नेतृ गिता नगाल, चन्द्र थापा, करन सिह बडुवाल, राजमती थापा, राधा बोगटी, चन्द्र थापा, शुशिला सिह, करन खडका, पवि थापा, ललिता चौधरी,जुगमती चौधरी, प्रतिभा थापा, पार्वती खडका, बेलमती खत्री, जमुना चन्द, बेफानी चौधरी, लैया चौधरी, पुजु थापा, लक्ष्मी कुँवर, कालु चौधरी, बिर्मा चौधरी, सगराग डगौरा, पार्वती जेठारा, निरमा चौधरी, राधिका चौधरी, दिवानी चौधरी, सहितका दर्जनौँ महिला नेकपा प्रवेस गरेका हुन । ०७४मा पनि जिताएको अहिले पनि फेरी जिताएर महिलाका पीडा बुझ्नै भन्दै बिना मगर जिताउन अभियानमा जुटने बताएका छन । बेलडाँडीक महिला अगुवा लक्ष्मी सिहले चुनाव जितेपछि महिलाहरुका पीडा बुझिदिन आग्रह गरेकी छिन ।
कार्यक्रममा समानुपातिक उम्मेदवार निरासा चौधरीले आम महिलादेखि क्षेत्रकोे विकासका लागि बीना मगर जिताउन महिलासंग आग्रह गरेकी छिन । बरिष्ठ देउडा गायक समेत रहेका नेकपा युवा नेता डम्बर खडकाले देउडा गित मार्फत देश र क्षेत्र जिल्ला, बनाउन नेकपाका उम्मेदवार बीना मगर जिताउन देउडाबाटै अपिल गरेका छन ।
चुनावी घरदैलो अभियानका लागि आइतबार बेलडाँडी पुगेकी बिना मगरले बेलडाँडीका विद्यमान समस्या समाधानका लागि पुन प्रतिबद्धता जाहेर गरेकी छिन । पुर्वमन्त्री समेत रहेका बीना मगरले आफु मन्त्रीमा हुँदा वा पहिले पनि बेलडाँडीको भौतिक पूर्वाधारदेखिका सिँचाई, कृषि, शिक्षा, पर्यटकीय योजना अघि सारेको बताउँदै अहिले पनि थप बेलडाँडीको बृद्धि विकासका लागि कामकाज गर्नेप्रण गरेकी छिन ।
प्रवेस गरेका एमाले, काँग्रेसका नेता कार्यकर्ताहरुले साविक पाटीमा हुँदा फरक पाटीकी उम्मेदवारलाई भोट दिन नसकिने भएकाले पाटी नै प्रवेस गरेर महिला नेतृ पाटी प्रवेस गराएको बताएका छन । महिला नेतृ बीना मगर जिताउनका लागि नेकपा बेलडाँडी सकृय भएका छन । नेकपा बेलडाँडीका युवा नेता डम्बर शाहले पाटीका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्ताहरु सकृय भएर जुटेको बताए । उनका अनुसार जेनजी युवा,महिलादेखि जेष्ठ नागरिक खटिएका छन ।
