कैलाली र कंचनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ़्रिकन स्वाइन फिभर काे सङ्क्रमण पुष्टि भएको छ
केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली ९आरआरटी० परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो। सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरहरूमा यो सङ्क्रमण देखिएको हो।
ुरोगको सङ्क्रमण प्रारम्भिक चरणमै छ। किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने छ,ु जोशीले भने, ुनमूना सङ्कलन गरिएका फार्मका धनीहरूलाई सचेत गराएका छौँ, सङ्क्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन भनेका छौं।ु
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने सङ्क्रामक र घातक महामारी भएको उल्लेख गर्नुहुँदै उहाँले सतर्कताका लागि सबैमा आग्रह गरे।
यो रोग लागेका बङ्गुरलगायत पशुको मृत्युदर शत्प्रतिशतसम्म हुने भएकाले यसलाई पशु स्वास्थ्यको क्षेत्रमा अत्यन्तै भयावह मान्ने गरिएको जोशीले बताए।
ुसङ्क्रमण फैलिएपछि पूरै बथान नै सखाप हुने हुँदा किसानको वर्षौंको लगानी र मेहनत एकैक्षणमा खरानी हुने जोखिम रहन्छ। त्यसैले किसानले समयमै सचेत हुनु आवश्यक छ,ु उनले भने।
पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरहरूमा सुरुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने गर्दछ। बङ्गुरहरू दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन्। विशेषगरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागको छालामा रगत जमेका रातो वा नीलो रङ्गका धब्बाहरू देखिनु यस रोगको प्रमुख पहिचानका रूपमा रहेको उनले बताए।
ुयसका साथै नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, छेर्ने र हिँड्दा चाल धरमराउने जस्ता लक्षणहरू देखिने गर्दछन्। यस्ता लक्षण देखिएको केही दिनभित्रै बङ्गुरहरू मर्ने गर्दछन्। यो रोग पशुबाट मानिसमा सर्ने ‘जुनेटिक’ रोग त होइन, तर यसले पुर्याउने आर्थिक क्षति भने निकै ठूलो हुन्छ, जसले साना र मध्यम स्तरका किसानलाई प्रत्यक्ष मारमा पार्ने गर्दछ,ु भट्टले भने।
पशु चिकित्सक जोशीले कुनै पनि स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखापरेमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न अनुरोध गरेका छन्।रासस
