कञ्चनपुर । कञ्चनपुर २बाट दिपकराज बोहरालाई जिताउनका लागि बेदकोट नगरका एमाले नेता कार्यकर्ता रास्वपा प्रवेस गर्न गरेका छन । रास्वपा बेदकोट नगरका अध्यक्ष डम्बर भट्टले परिर्वतनका लागि रास्वपा उम्मेदवार बोहरा जिताउन एमाले नेता कार्यकर्ताहरु रास्वपामा प्रवेस गरेको बताए । भट्टका अनुसार एमालेबाट ०७४मा बेदकोट ३ वडाध्यक्ष जितेका तिकल ठकुल्ला, एमाले कार्यकर्ता , एमाले नगर सचिव बिरेन्द्र बोहराका बाबु चन्द्र बहादुर बोहराले समेतका दर्जनौँले रास्वपा प्रवेस गरेको बताए । एमाले कार्यकर्ता बोहरालाई रास्वपा उम्मेदवार दिपक बोहराले पाटीमा भ्रित्राएका छन । ‘बेदकोटमा मात्रै एमालेबाट सयौँ नेता कार्यकर्ताले रास्वपा प्रवेस गरिसकेका छन, ‘उनले भने, ‘हामीले अहिले सार्वजनिक गरेपछि एमाले नेता कार्यकर्ता गएर उनीहरुलाई फकाउँदै प्रवेस गरेका छैनौँ भन्न दवाव दिने भएकाले बाँकीका नाम सार्वजनिक गर्दैनौँ ।’ बेदकोटमा एमालेबाट प्रवेस गर्नेहरुले अब पाटी भनेर बस्नु भन्दा छाडेर परिर्वतनको अभियानमा जुटेको जनाएका छन ।
