जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउ

Published by:

Published on:

काठमाडौ । जनआस्था साप्ताहिकका सम्पादक पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन् ।

उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।

रास्वपाकी सांसद ज्वाला संग्रेौलाले भने महिलाको बारेमा लेखेको हुनाले पक्राउ परेको संकेत गरेकी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार