महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आगामी स्थानीय तह निर्वाचनका लागि बनाएको केन्द्रीय उम्मेदवार छनोट समितिमा कञ्चनपुर १ का साँसद जनक सिंह धामी सदस्य भएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो ।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन् ।पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुखको मनोनयन गरेको छ ।साँसद धामी २०८२ फागुन २१ को निर्वाचनमा कञ्चनपुर १ बाट निर्वाचित भएका थिए ।



