समावेशी राजनितिमा कांग्रेसको कदमःबन्द सूचीमा हरिना कामी

Published by:

Published on:

महेन्द्रनगर पुष १७ । परशुराम नगरपालिका–१२ निवासी हरिना देवी कामी नेपाली काँग्रेसको प्रतिनिधि सभातर्फको समानुपातिक प्रणाली अन्तर्गतको बन्द सूचीमा सिफारिस हुनु भएको छ।

दलित परिवारबाट आएको एक समाजसेवी महिला नेतृको रूपमा परिचित कामी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ विशेषगरी महिला, दलित तथा पछाडि पारिएका समुदायको हक–अधिकार, शिक्षा र सामाजिक सचेतनाका क्षेत्रमा निरन्तर क्रियाशील रहनु भएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएकी कामीले आफ्नो कार्यकालमा समाजका लागि उल्लेखनीय योगदान पुर्‍याउनु भएको स्थानीयवासीहरूको भनाइ छ। उहाँले समावेशी विकास, सामाजिक न्याय र सेवामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै काम गर्नु भएको थियो।

यसका साथै, शैलेश्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति ९वि।व्य।स।० अध्यक्षको रूपमा समेत काम गरिसक्नु भएकी कामीले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थी हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।

नेपाली काँग्रेसको समानुपातिक बन्द सूचीमा उहाँको सिफारिसलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ। पार्टीभित्र समावेशिता, महिला सहभागिता र दलित समुदायको प्रतिनिधित्व सुदृढ हुने अपेक्षा समेत गरिएको

ताजा समाचार

सम्बन्धित समाचार