महेन्द्रनगर असार २२ । भीमदत्त नगरपालिकाले उज्यालो कार्यक्रम अन्र्तगत पुर्व–पश्चिम राजमार्गमा सौर्य बत्ती जडान गरेको छ ।उज्यालो कार्यक्रम अन्तर्गत नगरपालिले प्रदेश सरकारको २० प्रतिशत र भीमदत्त नगरपालिकाको ८० प्रतिशत समपुरक अनुदानमा तथा बजेटमा एक सय २२ वटा सौर्य बत्ति जडान गरेको हो ।
नगरपालिकाले गत आव २०८२÷०८३ मा महेन्द्रराजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिकाको सीमाना देखि महेन्द्रनगरको भानु पार्टीप्यालेस सम्म करिब ४ किलोमीटमा एक सय २६ वटा सौर्य बत्ति जडान गरेको थियो ।

यो आर्थीक वर्षमा भने पुर्व–पश्चिम राजमार्गको पश्चिमी सीमानाका गड्डाचौकी देखि लगभग अढाई किलोमीटर बनगाउँ सम्म एक सय २२ वटा सौर्य बत्ति जडान गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए ।
प्रवक्ता अवस्थीले भीमदत्त नगरपालिकाका नगर प्रमुख पदक बोगटीको निर्देशनमा गड्डाचौकी देखि बनगाउँ चौराह सम्म सौर्य बत्ति जडान गरिएको बताए ।भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार भीमदत्त नगरपालिका क्षेत्र अन्र्तरगत महेन्द्र राजमार्गमा सौर्य बत्ति जडानको काम प्रारम्भ भईसकेपछी नगरका भित्रि सडकहरुमा समेत सौर्य बत्ति जडानको प्रकृया अगाडि बढाईने र नगरपालिकालाई उज्यालो नगरपालिका तथा शहर घोषणा गर्ने प्रमुख बोगटीले बताए ।
महेन्द्र राजमार्गमा सौर्य बत्ति जडान भएपछी अटो चालक, विद्यार्थी,ब्यापारी लगाएत आम सर्वसाधारण समेत निकै खुसी व्याक्त गरेका छन्।सौर्य बत्ति जडानले रातिको समयमा स्पष्ट उज्यालो हुने भएकाले सवारी दुर्घटना कम हुने, चालकलाई सडक, मोड, चोक, पैदलयात्री र ट्राफिक संकेत सजिलै देखिने, विद्युत् लाइनमा निर्भर नहुने भएकाले लोडसेडिङ हुँदा पनि बत्ती बलिरहने,सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च बचत हुने, सौर्य बत्ति वातावरणमैत्री भएकाले कार्बन उत्सर्जन घटाउन सहयोग गर्ने, दुर्गम क्षेत्रमा पनि विद्युत् लाइन नतानिकन बत्ती जडान गर्न सकिने, रातिको समयमा यात्रु र पैदलयात्रीको सुरक्षा बढ्ने,अपराध तथा चोरी–डकैती नियन्त्रणमा सहयोग पुग्ने आम मानिसहरुको बुझाई रहेको छ ।




