कम्प्युटर अपरेट भीम विष्ट पुरस्कृत

Published by:

Published on:

२०८३ मङ्सिर ८ सोमबार महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय बाँके नेपालगञ्जले एक प्राविधिक कर्मचारीलाई सम्मान एव पुरस्कृत गरेकोछ ।

आन्तरिक राजस्व कार्यालय बाँके नेपालगञ्जले राष्ट्रिय कर दिवस ०८३को अवसरमा कार्यालयले कम्प्युटर अपरेटर भीम बहादुर विष्टलाई सम्मान गरेको हो । विष्टलाई नगदका साथै हजारीफुलको माला, खादा, प्रमाण पत्र सहित सम्मान पुरस्कृत गरेको आन्तरिक राजस्व कार्यालय बाँके नेपालगञ्जले जनाएको छ । प्रमुख कर अधिकृत प्रेमप्रकास उपाध्याय,प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङ्ग र आन्तरिक राजस्व विभागका महानिर्देशक डा।

भीष्मकुमार भुसालले हस्ताक्षर गरेको प्रसंसा पत्रमा कार्यालयमा रहेर उख्लेख्यनिय कामकाज गरेको भन्दै सम्मान गरेको जनाएका छन । यस अघि आन्तरिक राजस्व कार्यालय कञ्चनपुरमा रहदा समेत विष्टले उत्कृष्ट कार्य गर्दै आएका छन । विष्टले सेवाग्राहीदेखि कार्यालयको कामकाज शिघ्र सम्पादनका लागि भूमिका निर्वाह गर्दै आएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार