महेन्द्रनगर । बिहीबारदेखि अबिरल रुपमा परिहेको बर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड९तटबन्ध० कटानी गरिरहेको छ ।
महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिबेला सानदारसंग बगेको काली शनिबार घटेर १लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाईडबण्ड९तटबन्ध० कटानी गरिरहेको हो ।
भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा९झक्कास०ले साँझ ५ बजेदेखि तटबन्ध कटानी शुरु गरिएको बताए । ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ, ‘उनले भने, ‘यो काट्नेक्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ।’
महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका बेला सिङ्गै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको छ ।
उनका अनुसार शनिबार साँझ ७ बजेसम्ममा झण्डै २सय मिटर तटबन्ध कटानी भएको छ । ‘पोखरीको गाईडबण्ड पुरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिहेको छ, ‘उनले भने, ‘हाकिम सापले सिधै निर्माण कम्पनीलाई फोन गरेर यथाशिघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ, निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ ।
०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माण गरिरहेको छ । तर, स्थानीयहरुले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले अहिले पनि भत्किएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन् ।