महेद्रनगर । चाडपर्वलाईृ कञ्चनपुरको पचिमी सीमानाका गड्चौकीमा सयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
नजिकदै गरेको नेपालीहरुको महान पर्र्व दशै– तिहारलाई मध्यनजर गर्दै पश्चिमी सीमानाका गड्डाचौकीमा जिल्ला प्रहरी कार्र्यालय कञ्चनपुर,सशस्त्र प्रहरीबल नेपाल सीमा सुरक्षा गुल्म हेटक्वाटर गड्डाचौकी, ईलामा प्रहरी कार्यालय गड्डाचौकी,जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर तथा सरोकारवालाहरुको सहकार्यमा पश्चिमी सीमानाका गड्चौकीमा सयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
रोवगारीका लागि छिमेकी देश भारत तथा तेस्रो मूलुकमा रहेका नेपाली नागरिक चाडबाड मनाउन स्वदेश फर्कीने भएको हुँदा नागरिकहरुको यात्रालाई सहज बनाउन नागरिक सहायता कक्ष स्थापना गरिएको जिलला प्रशासन कार्यालय कञ्चनपरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए। ‘नागरिकको सुरक्षा गर्नु हाम्रो पहिलो दायीत्व हो’,“भारतमा मजदुरी गरेर बर्षौ भरी कमाएको पैसाले लालाबाला सहित चाडपर्व मनाउन नेपालीहरु नेपाल फर्कँछन्’। स्वदेश फर्केदा सीमानाकामा नेपाली लुटिदा,उनीहरुलाई अफ्टेरो पर्दा सहयोग गर्ने हामी सबैको कर्तव्य र दायित्व हो ।
उद्योग बाणिज्य संंघ कञ्चनपुरका उपाध्यक्ष तेज बहादुुर चन्दले सीमानाकाबाट आवत–जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै कायम भएको नयाँ भाँडादर तोकिएको लिष्ट सबै यात्रुले देखिने गरि सिमानाकामा राखिनु पर्ने बताए ।कार्यक्रममा सरोकारवाला निकाय,संघसस्था लगाएत सबैको बाक्लो उपस्थिती रहेको थियो ।




