गड्डाचौकी दशगजाको हिलाम्मे सडकमा चाडै ग्राईभेल गछौँ ःप्रमुख जिल्ला अधिकारी कोइराला

Published by:

Published on:

असोज २० महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी दशगजाको हिलाम्मे सडकमा चाडै ग्राईभेल गर्ने  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताएका छन् ।

मंगलबार कञ्चनपुर क्षेत्र नम्बर ३ का माननीय सांसद ज्ञानेन्द्र महतासंगै सीमानाकाको अनुगमनमा रहेका प्रमुख जिल्ला अधिकारी कोइरालाले गड्डाचौकी दशगजाको हिलाम्मे सडकलाई चाडै ग्राईभेल गर्ने बताएका हुन ।

सीमाक्षेत्रको दशगजा भन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षसंग समन्वय गरेर सो काम अगाडि बढाईने बताए।‘सडक हिलाम्मे हिलाम्मे छ राम्रो खालको ग्राईभेल गरौँ उनले भने’‘मैले गृहमन्त्रालय बाट चम्पावतका जिल्लाका मजिस्टे«ट) तथा जिल्ला प्रशासन प्रमुखलाई समन्वयका लागि पत्र लेख्न अनुमती मागिसकेको छु’‘पत्र प्राप्त हुन एक –दुई दिन लाग्ला,’‘पत्र प्राप्त भए लगतै राम्रो ग्रार्ईृभेल गर्ने छौँ।’

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी नेपाल–भारत दशगजा क्षेत्रमा रहेको सो हिलाम्मे सडकका कारण आन्तरिक तथा बाह्र पर्यटकहरुले समेत निकै सास्ती खेप्नु परेको छ भने  अर्को तिर सवारी दुर्र्घटनाको खतरा र जोखिम पनि उत्तिकै रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार