अनेरास्ववियू क्रान्तिकारीको सुदूरपश्चिम उपाध्यक्षमा गिरीसहित ५ जना, अन्यमा को को निर्वाचित

Published by:

Published on:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदमा भने उपाध्यक्षमा कैलाशचन्द्र गिरी १५७ मतसहित निर्वाचित भएका छन् भने तिलक माल १८५ मत, जिवन विसी १३८ मत र राजेन्द्र कोली १०४ मतसहित निर्वाचित भएका छन्। यस्तै लक्ष्मी चौधरी निर्विरोध उपाध्यक्ष चयन भएकोमा खेम साउद र विनोद चौधरी भने पराजित भएका छन्।

प्रमुख सचिवमा शिवराज सन्ज्याल १०७ मत प्राप्त गरेर पराजित बन्दा देविजंग सिंह १२८ मतसहित निर्वाचित भएका छन्। त्यस्तै सचिवमा कमल थापा, मनोज पुनमगर, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा भने सुन्दर गौतम निर्विरोध निर्वाचित बनेका छन्। साभार महेन्द्रनगर पोष्ट

ताजा समाचार

सम्बन्धित समाचार