महेन्द्रनगर । महेन्द्रनगर बजारमा सरसफाइ गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवसको पुर्वसन्ध्याको अवसर पारेर महेन्द्रनगर बजारमा सरसफाई गरिएको हो ।
असोज ३ गते पर्न गएको संविधान दिवसको पुर्वसन्ध्यामा जिल्लामा रहेका विभिन्न गैस.सं. ,सुरक्षा निकाय,राजनितिक दल, कर्मचारी जनप्रतिनिधि, लगाएत सरोकारवाला निकायको उपस्थितिमा महेन्द्रनगर बजार सरसफाइ कार्यक्रम गरिएको हो ।
संविधान देशको मुल कानून र संविधान णतन्त्रात्मक भएकोले संविधानको जगेर्ना गर्ने भीमदत्त नगरपालिकाले प्रत्येक पर्ष संविधान दिवस मनाउदै आईरहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।
बोगटीले दिवसको पुर्व सन्ध्यामा महेन्द्रनगर बजार सरसफाइ गर्नुका साथै ३ गते प्रभातफेरी, महेन्द्रनगर इकोपार्क मा वृक्षारोपण,तथा चार गते गै सं.स.ले महाकाली प्रादेशिक अस्पतालमा विरामीहरुलाई फलफुल वितरण लगाएतका कार्यक्रम रहेको बोगटीले आभाष डट कम लाई बताएका छन् । संविधान दिवसको अवसर पारेर ट्राफिक चोक देखि भीमदत्त नगरपालिकाको कार्यालय सम्म राष्ट्रिय झन्डा फहराइएका देख्न सकिन्छ ।