महेन्द्रनगर । भीमदत्त नगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजना गरेको निबन्ध प्रतियोगितामा डायमण्ड पब्लिक एकेडेमीका छात्रा सेरन बिष्टले प्रथम स्थान हासिल गरेकी छन् ।
उनले प्रतियोगितामा प्रथम स्थान हासिल गरी नगद ५ हजार पुरस्कार सहित प्रमाण पत्र पाएकी छन् । भीमदत्त नगरपालिका मेयर पदम बोगटीलाई विष्टलाई पुरस्कार प्रदान गरे ।
यसैबीच भीमदत्तले संविधान दिवसको अवसरमा वारी बिहीबार बिहान महेन्द्रनगर बजारमा प्रभातफेरि, सरसफाई, वृक्षरोपण लगायतका कार्यक्रम गरी मनाएको छ ।