नवरात्रको अवसरमा त्रिपुरेश्वर महादेव मन्दिर शान्तिपुरमा महायज्ञ आयोजना गरिँदै

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्तिपुरमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर शिव धामको प्राङ्गणमा नवरात्रको अवसरमा महायज्ञ कार्यक्रमको आयोजना गरिँदै छ ।

यही असोज १७ गतेदेखि असोज २५ गतेसम्म हुने महायज्ञ कार्यक्रममा प्रमुख कथा वाचक पण्डित जीवराज पाण्डेयबाट श्रीमद् भागवत कथा वाचन गरिने बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

असोज १७ गते घटस्थापनाका दिन कलश यात्रा, शोभा यात्रा, देवीको मूर्ति स्थापना सहित बिहान ८ बजेदेखि उद्घाटन कार्यक्रम गरिने छ । सोही दिन बिहान ११ बजेदेखि दैनिक पूजापाठ सुरु गरिने छ । अर्चना हवन बिहान ७ बजेदेखि ९ बजेसम्म, श्रीमद्भागवत मूल पाठ पारायण ९ बजेदेखि १२ बजेसम्म, कथा प्रवचन आरती तथा जलप्रसाद ग्रहण १ बजे देखि ४ बजेसम्म, सन्ध्याकालीन आरती पुष्पाञ्जली साँझ ६ बजे, भजन कीर्तन तथा दानदाताको सम्मान रात्रि ८ बजेदेखि ११ बजेसम्म, असोज २५ गते महानवमीका दिन कुमारी पूजन र नित्य भण्डारा गरी समापन गरिने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार