हस्तलेखन प्रतियोगिता सम्पन्न,निजि भन्दा सामुदायीक विद्यालयको हस्तलेखन नतिजा सन्तोष जनक

Published by:

Published on:

महेन्द्रनगर । माई सेन्सोरियम स्कुले आयोजना गरेको हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

हिन्दु हरुको महान चाड दशै तथा तिहारको शुभ उपलक्षमा कञ्चनपुरको भीमदत्त नगरपालिका सुकासालमा रहेको माई सेन्सोरियम स्कुले नेपाली तथा अंग्रेजी विधामा हस्तलेखन कार्यक्रममको आयोजना गरेको थियो ।

शुक्रबार भुवनेश्री विद्या मन्दिरको प्राणगढमा सम्पन्न भएको उक्त हस्तलेखन प्रतियोगितामा माध्यमिक तह अंग्रेजी विधामा शान्ति निकेतन माध्यमिक विद्यालयकी छात्रा आकृती चन्द प्रथम,रेडियेन्ट माविकी छात्रा करुणा पाल द्धितिय,न्यु सरस्वती विद्या मन्दिरकी सानबी महरा तृतिय र श्री भुवनेश्री विद्या मन्दिरकी प्रतिक्षा दयाल सान्त्वना भएकी छन् ।

त्यस्तै माध्यमिक तह नेपाली विधामा जनजोती माविकि गीता जोशी प्रथम,बैजनाथ माविकि आयुषा भट्ट द्धितिय महाकाली बाल विद्यालयकी दिवकला पन्त तृतिय र श्री भुवनेश्री विद्या मन्दिरकी तुलसी विष्ट सान्त्वना भएकी छन् । आधारभुत तह अंग्रेजी विधामा लिटिल बुद्ध एकेडेमीकी आरुषी यादव प्रथम,महाकाली बाल विद्यालयकी छात्रा आइसा भन्डारी द्धितीय,मेधवी माविका मनोज पन्त तृतीय, र मालिका पब्लिक एकेडेमीका कृष्ण भट्ट सान्त्वना भएका थिए भने आधारभुत तह नेपाली विधामा बैजनाथ माविकी छात्रा दृष्टि धामी प्रथम,लिटिल बुद्ध एकेडेमिकी आयुषा पुजारा द्धितीय,रेडियन्ट माविकी सानबी महरा तृतीयर युनाईटेड पब्लिक एकेडेमिकी भुमीका नाथ सान्त्वना भएकी छन् ।

हस्तलेखन प्रतियोगिताका जिल्लामा रहेका निजि तथा सामुदायीक गरि २९ विद्यालयबाट एक सय २० जना विद्यार्थीले सहभागिता जनाएका थिए । माई सेन्नसोरियम स्कुलका अध्यक्ष सत्यस बहादुर चन्दले कोरोना पश्चात बच्चा हरुमा लेख्ने बानीको विकास घट्दो क्रममा गएको हुदा बच्चाहरुमा लेखनकार्यको वृद्धि विकासको लागि ध्यानआकर्षण गराउन माई सेन्सोरियम स्कसलले हस्तलेखन प्रतियोगिताको आयोजना गरेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार