कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षाका लागि ८ सय प्रहरी परिचालन

Published by:

Published on:

महेन्द्रनगर । दशै तिहारमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कञ्चनपुरमा ८ सय जना प्रहरी परिचालन गर्ने छौँ ःएसपी चक्रराज जोशीजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख (एसपी)चक्र राज जोशील जिल्लामा ८ सय प्रहरी परिचालन गरेको बताएका छन् ।

नजिकिदै गईरहेको दशै, तिहार,तथा छठ पर्वमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ८ सय प्रहरी परिचालन गरेको जोशीको भनाई रहेको छ । उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ। जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ।

बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ।’ दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि कञ्चनपुरको गड्डाचौकी हुदै पहाडका विभिन्न ठाँउमा जाने नेपालीका लागि सिमानाकामा नागरिक सहायता कक्षको स्थापना गर्ने बताए । त्यस्तै जिल्लाको झलारी,गुलरीया त्रिभुवबस्ती र बेलौरीमा यात्रु सहायता कक्षको स्थापना गर्ने, बताए ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ, । प्रहरी प्रमुख जोशीले चाँडपर्वको समयमा जुवा,तास नखेल्नु आग्रह गरेका छन् । साथै उनले माद्यकपदार्थको सेवन गरी सवारी नचलाउन समेत आग्रह गरेका छन् ।

प्रहरीले नेपाल–भारतको सीमा क्षेत्रदेखि ग्रामीण वस्तीका नागरिकको घर–दैलोसम्मै सुरक्षा दिने कञ्चनपुर प्रहरीले भनाई रहेको छ ।। जिल्ला प्रहरी प्रमुख जोशीले चाडपर्व ढुक्कका साथ मनाउनुका साथै जिल्लाबासीहरुलाई दशै तथा तिहारको शुभकामना समेत ब्याक्त गरेका छन्। साथै चाडपर्वको समयमा कुनै पनि नागरिकलाई असुरक्षाको अनुभुति नहोस भनेर थप प्रहरी परिचालन गरिएको उनले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार