इन्टरनेशनलमा विद्यार्थी र अभिभावकका लागि स्वास्थ्य शिविर

Published by:

Published on:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा। प्रशान्त भट्ट मंगलबार विहान ईन्टरनेशनल पब्लिक स्कुलबाट स्वास्थ्य शिविरमा सहयोगका लागि फोन आउँदा अत्यन्त खुसी भए । विद्यालयको आग्रह सहर्ष स्वीकार गरी उनी विहान ७ बजदेखि झण्डै तीन घण्टा शिविरमा स्वास्थ्य सेवा प्रदान गरे ।

‘मैले यसरी आज यो विद्यालयमा आएर स्वास्थ्य सेवा दिन्छु भनेर कहिले सोचेको थिएन, विहान विद्यालयबाट फोन आएपछि निकै खुसी भए’ डा। भट्टले भने,‘यो शिविरमा सहभागी हुन पाउँदा म निकै खुसी छु, उत्साहित छु ।’

चार वर्षदेखि महाकाली प्रादेशिक अस्पतालमा कार्यरत डा। भट्ट इन्टरनेशनका पूर्व विद्यार्थी हुन् । नर्सरीदेखि इन्टरनेशन पढेका उनले २०५९ मा एसएलसी उत्तीर्ण गरेका थिए । उनको ब्याजका ६८ जनामध्ये ६० जना प्रथम श्रेणी र अन्य द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

डा। भट्ट ब्याजका एसएलसी उत्तीर्णलाई तत्कालिन महेन्द्र विद्या भुषण प्रदान गरिएको थियो । काठमाडौंमा पदक वितरण समारोहमा सहभागी हुन नपाएको डा। भट्टले बताए ।

‘हाम्रो ब्याचले महेन्द्र भुषण पाएको थियो, म केही कारणले काठमाडौंमा पदक वितरण समारोहमा सहभागी हुन सकेन’ डा। भट्टले भने डाक्टर भएपछि केही वर्ष काठमाडौं, चितवन लगायतका जिल्लामा काम गरेका उनी आफ्नै ठाउँमा सेवा गर्ने सोच बनाएर गृह नगर फर्किएका हुन् । उनी भीमदत्त नगरपालिका १८ जानकी टोलका वासिन्दा हुन् ।

‘यो विद्यालयमा पढ्दा डाक्टर बनेर यसरी आउँछु भन्ने कुरा त्यो बेला केही थिएन, एसएलसी पास गरेपछि काठमाडांै गएर पढे, पढाई सकेपछि केही समय काठमाडौंमा काम गरे, त्यसपछि चितवन पनि गरे’ डा। भट्टले भने,‘त्यसपछि आफ्नै गाउँ ठाउँमा केही गरौ कि भनेर फर्किएको हुँ ।’

इन्टरनेशनको स्वास्थ्य शिविरमा मंगलबार नाक, कान, घाँटीका दुई र दाँत सम्बन्धि रोगका दुई डेन्टल सर्जनले स्वास्थ्य शिविरमा सेवा प्रदान गरे । उनीहरुमध्ये डा। भट्ट सहित तीन चिकित्सक इन्टरनेशनका पूर्व विद्यार्थी हुन् । उनीहरुमा डा। भट्ट सहित नाक, कान, घाँटी रोग विशेषज्ञ डा। श्रृष्टि श्रेष्ठ, डेन्टल सर्जन डा। सुदिप भण्डारी र डा। रोशन भट्ट छन् । डा। श्रेष्ठ बाहेक अन्य तीन डा। इन्टरनेशनका विद्यार्थी हुन् ।

डा। श्रेष्ठ डा। प्रशान्त भट्टकी धर्मपत्नि हुन् । डा। श्रेष्ठ पनि महाकाली प्रादेशिक अस्पतालमा कार्यरत छन् ।

इन्टरनेशनले बर्सेनी विद्यार्थी र अभिभावहरुका लागि स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । विद्यार्थीहरुलाई स्वास्थ्यप्रति सचेत गर्न र रोग स्क्रिनिङ्ग गरी उपचारका लागि शिविर आयोजना गरिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले बताए ।

‘यो शिविरमा बर्सेनी आयोजना गर्दै आएको छ, यस पटक निरन्तरता दिइएको हो, यसपछि आँखा शिविर सञ्चालन गर्छौै’ सञ्चालक समिति अध्यक्ष लिम्बुले भने ।

चिकित्सक भएका विद्यालयका पूर्व विद्यार्थीले पटक पटक स्वास्थ्य शिविरमा सहभागी भएर सहयोग गरेको अध्यक्ष लिम्बुले बताए । शिविरमा डेण्टलमा १ सय २१ र ईएनटी १ सय ३३ जना विद्यार्थी र अभिभावकले सेवा लिएका छन् । डा। भट्टले शिविरमा जाँच गरिएका व्यक्तिहरुको घाँटीमा समान्य बाहेक अन्य समस्या नदेखिएको बताए ।

ईन्टरनेशलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यार्थीमा आउन सक्ने सम्भावित स्वास्थ्य समस्या मध्यनजर गरी शिविर सञ्चालन गरिएको बताए ।

अर्का सुदिप भण्डारीले बालबालिकाहरुले गुलियो पदार्थको खानपिन र दैनिक व्यवहारका कारण दाँतमा समस्या देखिएको बताए । डा। भण्डारीले ब्रस नगर्ने, खाना खाएपछि कुल्ला नगर्ने, गुलियो खाने हुँदा दातमा केही समस्या देखिएको बताउँदै बालबालिका र उनीहरुका अभिभावकलाई परामर्स दिईएको बताए ।

शिविरमा जाँच गराएका अभिावक रतन भट्टले विद्यालयमा स्वास्थ्य जाँच गरिनु राम्रो भएको प्रतिक्रिया दिए । २०५३ मा स्थापना गरिएको इन्टरनेशन स्कुल पढेका ७० भन्दा बढी विद्यार्थी चिकित्सक भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार