बेलडाँडीका निजी स्रोतका शिक्षकको विचल्ली

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर बेलडाँडीका निजी स्रोतका शिक्षक आन्दोलित भएका छन । बेलडाँडी पालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक आन्दोलित भएका हुन ।

उनीहरुले स्थानीय सरकारले आफुहरुमाथि विभेद गरेको भन्दै धर्नामा बसेका छन । निजीस्रोत शिक्षक संघर्ष समितिले तीन सुत्रिए माग अघि सारेर आन्दोलनमा उत्रिएको हो ।


सामुदायिक विद्यालयका लागि अनुदान कार्यबिधी ०८० तत्तकाल संशोधन गरिनुपर्ने, निजीस्रोतका शिक्षक माथिको विभेद पुर्ण हटाउनुपर्ने, निजीस्रोतका शिक्षकको तहगत तलब कायम गर्नुपर्ने माग अघि सारेर धर्नामा बसेका हुन ।
निजी स्रोतका शिक्षक कर्मचारीहरुले तीनदिनदेखि स्थानीय सरकार बिरुद्धमा पालिका कार्यालयमा धर्नामा बसेका हुन ।
निजी स्रोतका शिक्षक अगुवा जानकी महराले पालिकाले शिक्षक, कर्मचारीको तलब, भत्ता दिने विषयमा विभेद गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताईन । ‘समान कामका लागि पालिकाबाट हामीमाथि अन्याय भएको छ, ‘उनले भने, ‘त्यही भएर बाध्य भएर आफ्नो अधिकारका लागि आन्दोलित भएका छौँ ।’

बेलडाँडी गाँउपालिका स्तरिय निजीस्रोतका शिक्षक संघर्ष समितिका सचिव महेश्वरी बमले स्थानीय सरकारले आफुहरुमाथि विभेद अन्याय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताईन । ‘सरकारी संस्थामै कार्यरत हुँदा पालिकाबाटै यस्तो विभेद अन्याय खेप्नुपर्ने भयो, ‘उनले भने, ‘अन्याय बिरुद्धमा हामी बाध्य भएर आन्दोलनमा आएका छौँ ।’ माग पुरा नहुँदासम्म धर्ना निरन्तर जारी राख्ने निजी स्रोतका शिक्षकको चेतावनी छ । निजी विद्यालयका शिक्षक, कर्मचारीले आफुहरुको विचल्ली भएको दुखेसो पोखेका छन ।


बेलडाँडी गाँउपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा दशैँ भत्ता सहित निजी स्रोतका शिक्षक कर्मचारी बाहेक अन्य स्थायी, राहत, करार, अनुदान, बाल विकास एव विद्यालय कर्मचारीको तलब सिधै व्यक्तिको बैंक खातामा भुक्तानी गरेको थियो । तर, निजी स्रोतका शिक्षक, कर्मचारीको भुक्तानी नगरिएपछि पनि उनीहरु पालिका बिरुद्धमा चिढिएर आन्दोलनमा उत्रिएका छन । बेलडाँडी गाँउपालिकाले निजी स्रोतका शिक्षक कर्मचारीहरुको मागको हकमा छलफल गरेर अघि बढ्ने जनाएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर ऐरले नयाँ कार्यविधीमा असन्तुष्ट बढेकाले उक्त विषयमा छलफल गरेर अघि बढ्ने बताए । ‘पाकिाले कार्यबिधीप्रति उहाँहरुको असन्तुष्ट छ, ‘उनले भने, ‘कार्यबिधी संशोधनको माग बारे सरोकारवालाविच छलफल गरेर अघि बढ्छौँ ।’ निजी स्रोतका शिक्षकहरुसंग लिखित रुपमै माग पेश गर्न समेत उनले आग्रह गरेका छन । दशैँकै मुखमा शिक्षक पालिका सरकार बिरुद्धमा आन्दोलित भएपछि शिक्षा एव समाजिक क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार