दोधाराचाँदनी ६ नम्बर वडाद्वारा दशैँ मनाउन विपन्न र वाढीपीडितलाई खाद्यान्न वितरण

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको एक वडाले दशैँ मनाउनका लागि विपन्न एव वाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडाले दशैँ मनाउनका लागि विपन्न एव वाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

गत असार र भदौँमा आएको वाढीबाट विस्थापित भएका वडाका स्थानीय एव आर्थिक रुपमा विपन्न आदिवासी जनजाती दलित समुदायका परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका ६नम्बर वडाले खाद्यान्न राहत वितरण गरेको जनाएको छ । दोधाराचाँदी नगरपालिका

६ का वडाध्यक्ष ओम बस्नेतले वाढीपीडित विपन्न समुदायको दशैँ मनाउनका लागि खाद्यान्न वितरण गरेको बताए । वडाध्यक्ष बस्नेतका अनुसार प्रति परिवार १ बोरा चामल, दाल, नुन, तेल, साबुन सहितका खाद्यान्न वितरण गरिएका छन ।

‘वाढीबाट पीडित र विपन्न समुदायका नागरिकलाई सहज दशैँ मनाउनका लागि हामीले आधारभूत खाद्यान्न समाग्री वितरण गरेका छौँ, ‘उनले भने, ‘खाद्यान्न बिना कुनैपनि वडाबासी दशैँ मनाउनबाट बञ्चित नहोस भन्ने हाम्रो उदेश्य हो ।

’ वडाका अढाई परिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै वडाध्यक्ष बस्नेतले छुटफुटलाई पनि वितरण गर्ने गराउने बताए । दशैँकै मुखमा वडाबाट निःशुल्क खाद्यान्न पाएपछि स्थानीय हर्षित भएका छन । उनीहरुले भान्सामा पकाउने समान सहज उपलब्ध भएपछि दशैँ मनाउन सहज हुने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार