महेन्द्रनगर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको एक क्रसर उद्योगको स्थलगत अनुगमन गरेका छन । बुधबार उद्योगमन्त्री भण्डारीले बेदकोट नगरपालिका ९ सुन्दरनपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगको स्थलगत अनुगमन गरेका हुन ।
उद्योगमन्त्री भण्डारीले उक्त क्रसर उद्योगको स्थलगत अनुगमन गर्दै आर्थिक बृद्धि विकासका लागि क्रसर उद्योगको महत्वपूर्ण भूमिका रहेको औल्याएका छन । उद्योगमन्त्री भण्डारीले स्थानीय प्राकृतिक स्रोतको सदुपयोग गर्र्दै रोजगारी प्रर्बद्धनका लागि भौतिक पूर्वाधार विकास निर्माणका लागि सहजै कच्चा पदार्थको उत्पादन आपूर्ति गरिएको बताए ।
उद्योगले आवाज समेत व्यवस्थापन गरेको भन्दै देशभरीका क्रसर उद्योगमा उत्कृष्ट रहेको बताए । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योगमन्त्री भण्डारीले स्थलगत अनुगमन गर्दै चारैतिर घेरबार गरेर वातावरण समेत स्वच्छ राख्दै उद्योग नियमित संचालनमा जोडदिदै यस्तै उद्योगबाट मुलुकको आर्थिक विकास र सम्बृद्धि हुने धारणा राखेको बताए ।