शुक्लाफाँटामा सफारी सुरू, आउने ओईन त घुम्न ?

Published by:

Published on:


महेन्द्रनगर । बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ। मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो।

मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो। चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।

“कात्तिक २ गतेबाट निकुञ्ज खोलिएको छ,” उनले भने, “अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन्।” शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो। त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ। धेरै जसो पुल मर्मत गर्नुपर्ने भएका छन् तर निकुञ्जको फाँटासम्म पुग्ने बाटो भने ठिक रहेको र त्यहाँसम्म पर्यटक पुगिरहेको सूचना अधिकारी ऐरले बताए।

गत आर्थिक वर्ष २०८०र८१ मा चार हजार १६८ पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए। जसमध्ये १३६ विदेशी, ९९ जना सार्क राष्ट्रका र तीन हजार ९३३ जना नेपाली रहेका छन् । कात्तिक, मङ्सिरमा बढी नेपाली पर्यटकले निकुञ्जको अवलोकन गरेका छन्। विदेशी पर्यटक आउने मौसम भने फागुन, चैत महिना रहेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार