महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात लाख सात हजार बराबरको अबैध समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले सात लाख सात हजार बराबरको अबैध रुपमा भन्सार छली गरि ल्याएको समान बरामद गरेको हो ।
प्रहरीले भारतीय मोटरसाइकल,चप्पल,साडि,सुट,थान कपडा,चिनि,दाल,बिस्कुट,साइकल,लगाएका सरसमान बेबारिसे अवस्थामा फेला पारी कञ्चनपुर भन्सार कार्यालय गडचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सह–प्रवक्ता बिरेन्द्र सिहं थापाले बताए।



