कञ्चनपुरका धामी नेपाल राहत शिक्षक समितिको केन्द्रीय अध्यक्षमा निर्वाचित

Published by:

Published on:

महेन्द्रनगर । नेपाल राहत शिक्षक समितिको केन्द्रीय अध्यक्षमा नविन सिंह धामी निर्वाचित भएका छन् । कञ्चनपुर घर भएको धामी आइतबार नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुई दशकदेखि शिक्षण पेशामा रहेका धामी कञ्चनपुर भीमदत्त नगरको शिव ज्ञानेश्वर आधारभूत विद्यालयमा कार्यरत छन् ।

नेपालभर ४० हजार बढी राहत शिक्षक रहेका छन् । झन्डै दुई दशक देखि नेपालका सामुदायिक विद्यालयहरुमा कार्यरत ४० हजार राहत शिक्षकहरुको पेशागत हक हित र स्थायीत्वकालागि थप शसक्त ढंगले पहलकदमी गर्ने नव निर्वाचित अध्यक्ष धामीले प्रतिबद्धता गरेका छन् ।

धामीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । बरिष्ठ सह अध्यक्षमा कृष्ण सिंह विष्ट, बिनोद पासवान, भीम बबहादुर सिंह, उपाध्यक्षमा कञ्चनपुरकै शिक्षिका सिता पुजारा निर्वाचित भएकी छिन ।

महासचिव डम्बर राई, उप महासचिवमा पनि कञ्चनपुरकै शिक्षक नेता गोबिन्द ढाँट चयन भएका छन । ढाँट शुक्लाफाँटा नगरपालिकाको बैजनाथ माविको प्रद्यानाध्यापक हुन । सचिवमा पनि कञ्चनपुरकै धौलसिह जाग्री सर्वसम्मत निर्वाचित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार