महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं। ६ मा अध्यक्षका लागि हुँने उप निर्वाचनमा नेपाली काँग्रेसले प्रकाश चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसका वडा सभापति समेत रहेका चन्दलाई पार्टीले सोमबार आधिकारिक टिकट दिएको हो ।
कांग्रेसबाट चन्द संगै हरिस भट्ट, कमल चटौत, शमरजंग चन्द लगायतका १३ जना वडाध्यक्षको उम्मेद्वारका आकांक्षी रहेका थिए ।
वडाबाट सिफारिस भएका १३ जना मध्ये चन्दलाई वडाध्यक्ष पदको उम्मेद्वार बनाउँने कांग्रेसले निर्णय लिएको निर्वाचन क्षेत्र नं। ३ को क्षेत्रीय सभापति केशब चन्दले बताए । उपनिर्वाचनकालागि कांग्रेसबाट टिकटपाएका चन्द रमेश लेखक निकटका व्यक्ति हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।
२०७९ को निर्वाचनमा काँग्रेसले पहिलो पटक भीमदत्त–६ मा जित हासिल गरेको थियो ।
नेकपा एमालेले यस अघि नै उम्मेदवारको टुङ्गो लगाइ सकेको छ । एमालेले पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।
एमालेले शनिबार चन्दलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरि सकेको छ । नातामा एमालेबाट टिकट पाएका पूर्व प्रधानाध्यापक बहादुर चन्द र कांग्रेसबाट टिकटपाएका प्रकाश काका–भतिजा हुन् ।
दुवै उम्मेद्वार एउँटै परिवारका सदस्य हुन् । एमाले बहादुर चन्द काका हुन्, भने कांग्रेसका प्रकाश चन्द भतिजा हुन् । भीमदत्त–६ को उपनिर्वाचनमा सबैको नजर परेको छ । खासगरी एउँटै परिवारका काका–भतिजाको राजनीतिक प्रतिस्पर्धालाई चाँसोका साथ लिइएको छ ।
वडामा नेपाली कांग्रेस र नेकपा एमाले अहिले मुख्य प्रतिस्पर्धी दलको रुपमा देखिएका छन् ।
गत निर्वाचनमा जितेको वडालाई नगुमाउने र बर्चस्वकायम गर्ने पक्षमा कांग्रेस लागेको छ भने कम्युनिष्टको अखडा ९किल्ला० रहेको वडालाई जसरी पनि जित्नै पर्ने दवावमा एमाले छ । भीमदत्त–६ मा निकै रोचक एवं प्रतिस्पर्धात्मक चुनाव हुँने देखिन्छ ।