बैतडी घटना ः हवल्दार जोशी पूर्पक्षका लागि जेल चलान

Published by:

Published on:

बैतडी । बैतडीमा नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पूर्पक्षका लागि कारागार चलान भएका छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका(२ क किशोरी बेपत्ता बनाएको तथा जबर्जस्ती करणीको मुद्दामा हवल्दार जोशीलाई मंगलबार जिल्ला अदालत बैतडीले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका(२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पञ्चेश्वर(२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्मर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो।

किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन। उनीमाथि हवल्दारले करणी गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। अहिले पनि बेपत्ता किशोरीको खोजीकार्य जारी छ।

ताजा समाचार

सम्बन्धित समाचार