धनगढी । डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ।ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका( ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराक अमरगढी( ५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो। ञचेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु(४ बस्ने २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले हातपात गरेका रहेछन्,झ उनले भने, ञहातपातपछि प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडिको चोट लागेको छ।
इन्सपेक्टर बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य तीन जनाको खोजी गर्ने क्रममा अजयमेरु( ४ चिपुर बस्ने २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी(५ बागबजारबाट पक्राउ गरिएको छ।
उनीहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते प्रहरीको उपचार भइरहेको छ ।
