धनगढी । सामुहिक कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सामुहिक कुटपिटबाट कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर घर भएका ३० वर्षीय सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई पाँच जनाले कुटपिट गरेका थिए। बाख्रा चोरेको आरोपमा ती युवकलाई सामुहिक रुपमा कुटपिट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको हो।
कुटपिटबाट घाइते भुलको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहराले बताए। उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा नगरपालिका–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल ९नाम परिवर्तन०, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेका छन्।
भुलको मृत्यु भएपछि उनीहरुलाई आज ९सोमबार० बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो। नियन्त्रणमा लिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्यसमेत थिए। सिमएसमेत गरेका भुललाई बाख्रा चोरी गरेको आरोपमा स्थानीय छिमेकीले नै कुटपिट गरेका थिए।
इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टका अनुसार मृतक भुलले बाख्रा चोरेको भन्दै २० गते निवेदन परेको थियो। वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा मृतक भुलले बाख्राको कान समातेर लगेको देखिएको उनले बताए। मृतक भुलको आफ्नै मेडिकल समेत छ।
