कैलालीमा सुरेश हत्या प्रकरणः पक्राउ पर्नेको संख्या ८ पुग्यो

Published by:

Published on:

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको हत्या प्रकरणमा ८ जनालाई पक्राउ गरिएको छ।

सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित ८ जनालाई समातिएको हो।

हालसम्म प्रहरीले सोही प्रकरणमा रमा रावल, जंग भुल, विशाल विक, धर्म विक, देवराज सापकोटा, दिनेश भुल, दिनेश बिकलाई पनि पक्राउ गरेको छ।

शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर एक जम्भो समूहले उनीमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीले अहिले जाहेरीका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार