उपमेयर जोशीद्धारा आगलागी भएक स्थलको अनुगमन,नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता

Published by:

Published on:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले आगलागी भएको घटना स्थलको अनुगम गरेकी छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर १० मा सोमबार राती गोठमा भीषण आगलागी भएको थियो। गोठमा किरा धपाउन बालेको आगोले आगलागी हुदा भीनपा १० को पुर्णागिरी टोलकी एकल महिला फुलदवि सेरालाको दुहुनु भैसी र पाठो मरेका छन् भने गोठमा रहेको भुुसा समेत जलेर नष्ट भएको छ ।

नगर उपप्रमुख जोशीले असार अन्तिम साता गएको भिषण वर्षाका कारण भुजेला खोलामा आएको बाढिले पुर्याएको क्षतिग्रस्त घरहरुको समेत अनुगम गरेकी छन् । अनुगमनमा बोल्दै जोशीले जनप्रतिनिधिहरु जनताको सेवक भएको हुदा यो अमुल्य समय जनताको सेवामा लगाउने बताए ।

एकल महिला फुलदेवि सेरालालाई परेको विपद्को समयलाई मध्यनजर गर्दै बाढि पिडितहरुलाई समेत नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकी छन् । अनुगमनको क्रममा भुजेला खोलाको कारण बाढिपिडित भएका हरुले भुजेलाको पुल देखि गज्जर खोलासम्म तटबन्धको निर्माको माग राखेका थिए।

नगर उपप्रमुख जोशीले खोलामा तटबन्ध निर्माणमो लागि प्रदेश सरकार लगाएत सम्बन्धीत निकायहरुसंग समन्वय गर्ने बताईन् । असारमा आएको बाढिले एकल महिला फुलदेवि सेरालाको घरमा पुर्ण क्षती गरेको थियो। घर पुन निर्माणको लागि (एनएनएस डब्लु ए) ले दश हजार अनुदान रकम सहगोग गरेको थियो । गोठमा भएको उक्त आगलागिमा ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार