महेन्द्रनगर । आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पाटीले रामदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।
मंगबार राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगरको बैठकले पाटीबाट छनौट भएका नेता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
रास्वपा भीमदत्त नगरका अध्यक्ष अम्बादत्त जोशीले पाटीको विधि प्रकृया अनुरुप उम्मेदवारका लागि दरखास्त आब्हानसंगै पाटी नेता कार्यकर्ताहरुको मतका आधारमा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । समाजसेवी समेत रहेका भट्ट रास्वपा भीमदत्त नगरका सचिव पनि हुन ।
उनी हाल भीनपा ६ ऐठपुरकै शान्ति निकेतन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन । विद्यालय व्यवस्थापन समितिकै अध्यक्ष भट्ट उम्मेदवार भएसंगै शिक्षक, विद्यार्थी, अभिभावक समेत हर्षित भएका छन ।
रास्वपा उम्मेदवार भट्टले सुशासन, दिगो विकास, भ्रष्टाचार बिरुद्धका एजेण्डा अघि सारेका छन । बौद्धिक शिक्षित व्यक्तित्वका रुपमा परिचित भट्ट विवादरहित विकासप्रेमीका रुपमा चिनिन्छन । उम्मेदबार टुङगो लागेसंगै रास्वपा चुनावी मैदानमा होमिएको रास्वपा कञ्चनपुरका नेता ज्ञानेन्द्र महताको घोषणा छ । रास्वपा कञ्चनपुरमा स्थानीय तह निर्वाचन पहिलो पटक लड्दै छ ।