महेन्द्रनगर । कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडानं११को सरस्वति माध्यमिक विधालयमा सातदिने निशुल्क योग विज्ञान शिविर शुरू भएको छ।
वडावासि नागरिक विद्यार्थी शिक्षक लाई स्वस्थ र निरोगि वनाउने उदेश्यका साथ स्वस्थ्य जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ पतंन्जलि योग समिति शुक्लाफाँटा संगै श्री सरस्वती माध्यमिक विधालय अमरपुरको संयुक्त आयोजनामा वडानं ११को समुन्वयमा शनिवार योग शिविरको औपचारिक रूपमा शुरू गरिएको हो।मंसिर ८गतेसम्म विहान ५वजेदेखि ७वजेसम्म स्थानीय विद्यार्थी शिक्षक र वडावासि लाई लक्षित हुनेगरि योग शिविरको सुभारम्भ गरिएको हो।श्री सरस्वती मावि अमरपुरको हलमा निशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको पतंन्जलि योग समिति शुक्लाफाँटका अध्यक्ष केशव दत्त अवस्थिले बताए।
स्वस्थ्य जिवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ आयोजित योग कार्यक्रम वाट ११नं वडावासि नागरिकले स्वास्थ्य लाभ सुरक्षा संगै मानिसमा असलसंस्कार चरित्र निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्नसक्ने वडावासिलाई स्वस्थ रहन योग शिविरले महत्वपूर्ण भुमिका खेल्ने अवस्थिले वताउनुभयो।
कार्यक्रमको समुद्घाटन गर्दै शुक्लाफाँटाका नगरपालिका ११नंका वडा अध्यक्ष शेर वहादुर साउदले नियमित रूपमा गरिने योगले स्वस्थ्य जीवन आदर्शवान कर्तव्यनिष्ठ नागरिक निर्माणमा महत्त्वपूर्ण भुमिका रहन्छ।विहानिको करिव २घण्टाको समयको सदुपयोग गरि नियमित योग गर्नसके मात्रै स्वस्थ्य तनावमुक्त जिवनशैलि अपनाउन सहजसंगै अनावश्यक लाखौंको औषधि उपचारको झन्झट वाट मुक्ति पाउन सकिने वडा अध्यक्ष साउदले बताए । निशुल्क योग विज्ञान शिविरका मुख्य योग प्रशिक्षक केशवराज पनेरुले योग मानव जिवनको अभिन्न अंगको रूपमा रहदै आईरहेको छ।
योगको एकाग्रहताका साथ मनलाई आत्मा र विचार संग जोड्दै हाम्रो आत्मालाई परआत्मा संग जोड्ने काम योगले मात्रै गर्नसक्ने वताए।उनलेभने बर्तमान समयमा युवाहरूमा देखिदै आईरहेको कुलत दुव्र्यसन वाट मुक्तका लागिपनि योग साधना अतिनै उपयोगि हुने हुदा सवै नागरिकले योगसंग जोडिनु अतिआवश्यक रहेको युवा योग प्रशिक्षक पनेरुले बताए ।
कार्यक्रम पुर्व वडा दिल वहादुर वुढा,महिला योग प्रशिक्षक लक्ष्मि ऐर,द्वारिका कुवर,राजमति ऐर,श्री सरस्वति मावि अमरपुरका सहायक प्रधानाध्यापक गणेश विस्ट,श्री कृष्ण सामुदायिक वनकाा अध्यक्ष अमर वहादुर ऐर लगायत योग साधकको उल्लेख सहभागिता रहेको थियो।श्री सरस्वती माध्यमिक विधालय का प्रधानाध्यापक भरत तिरूवाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो।