जिप दुर्घटना हँुदा २ जनाको मृत्यु

Published by:

Published on:

महेन्द्रनगर । डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सलेता जाँदै गरेको जिप लिप्नामा दुर्घटना भएको छ।

दैजीबाट यात्रु बोकेर जाँदै गरेको जिप मंगलबार अपरान्ह दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ। मृतकको सनाखत हुन भने बाँकी नै छ। प्रहरी टोली घटनास्थलमा पुगेर घटना जाँचबुझ गरिरहेको छ। थप विवरण आउन बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार